असोज मसान्त भित्र सामाजिक सुरक्षा दिनुपर्ने: विष्ट

सरकारले अघि सारेको सामाजिक सुरक्षा योजना कार्यान्वयन असोज मसान्त भित्र गर्न मन्त्री गोकर्ण विष्टले भनेका छन्।काठमाडौं प्याब्सनले राखेको एक कार्यक्रममा विष्टले निजी तथा संस्थागत विद्यालयमा जसरी हुन्छ यो सामाजिक सुरक्षा लागू गर्नु पर्ने नत्र सरकार अवलोकन गरी कार्यान्वयन गर्न नमान्नेहरुलाई कार्वाहीको दिशातर्फ अघि बढ्ने बताए।केही महिना अघि ललितपुरको अन्तर्क्रिया कार्यक्रममा नाम चलेका एक प्रिन्सिपलले यो कार्यान्वयन असम्भव छ भन्ने जिकिर गरेका थिए।

तर,विष्टले सरकारले विद्यालयहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरण गर्न असोज मसान्तसम्मको समय सीमा तोकेको जानकारी गराए ।

विद्यालयका शिक्षक, कर्मचारीलाई राहत मिल्ने भएकाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको र कुनै पनि कार्यक्रम शुरुआत गर्दा केही कठिनाइ हुने उल्लेख गर्दै उनले थपे- युरोप, अमेरिकालगायत विकसित देशमा लागू भएको उक्त कार्यक्रमले वृद्ध अवस्थामा कसैले पनि अभाव झेल्नु नपरेको बताए ।

मन्त्री विष्टले विद्यालयको स्वस्थ्य विकासका लागि र विद्यालयको जनशक्तिको मर्यादित जीवन तथा आत्मसम्मान र उत्पादकत्व वृद्धिका लागि यो कार्यक्रम आएकाले गम्भीर भएर कार्यान्वयनमा ल्याउन विद्यालय सञ्चालकहरुलाई आग्रह पनि गरे ।

प्याब्सन पदाधिकारीले मन्त्रालयमा पुगेर कठिनाइ राखेपछि सरकारकोतर्फबाट सुझावलाई सम्मान गरेर न्यून स्केलमा सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी व्यावहारिक समाधान सरकारले खोजेको उनले प्रष्ट्याए ।

निर्णयमा सरकार पछाडि नफर्कने भन्दै विष्टले मन्त्रालयले तोकेअनुसारको न्यूनतम तलब दिए नदिएको, बैंक खाताबाट भुक्तानी गरे नगरेको विषयमा विद्यालयलाई पत्र काट्न लागेको बेला प्याप्सनका पदाधिकारीको आग्रहमा तत्काल रोकेको जानकारी गराए। मन्त्री विष्टले भने, “सरकारको कामलाई धेरै खिल्ली उडाउने काम भयो भने सरकारको ध्यान जबरजस्त आकर्षित हुने खतरा हुन्छ, त्यतातर्फ जान बाध्य नबनाउनुहोस् ।”
उनले नीतिको टुङ्गो लगाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समिति बनेकाले गम्भीरता साथ मनन गरेर यसको निकास निकालिने जानकारी गराए। ।

उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी सम्मान

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), काठमाडौँले आज एसइई परीक्षामा सर्वाेत्कृष्ट ल्याउने विद्यालय, दीर्घसेवा गर्ने शिक्षक र एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।

उक्त परीक्षामा सर्वाेत्कृष्ट हुने रिलायन्स एकाडेमी कपन र तृतीय हुने भ्याली भ्यू स्कुललाई आज कदरपत्रसहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा एसइईमा जिपिए ४ ल्याउने २४ विद्यालयका ३३ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

यस्तै ६५ जना शिक्षकलाई प्याब्सन दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो भने एसइईमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयहरुलाई समेत सोही कार्यक्रममा सम्मान गरिएको थियो ।

newskiran.com

newskiran.com

You May Also Like