उपत्यकामा सुरु भयो गुन्डा र बिचौलिया अपरेशन

ललितपुरको एकान्तकुनाबाट सुवर्ण pथापा सहित पाँचजना बिचौलियालाई समातिएको डिएसपी गौतम मिश्रले बताएका छन्।
त्यस्तै काठमाडौँ तारकेश्वर नगरपालिका, गोलढुङ्गामा प्रहरीले गोली हानि एक डन साजन गुरुङलाई नियन्त्रणमा लिएका छन्। साजन गुरुङ चर्चित गुन्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगी रहेको बुझिएको छ ।

सुन्धारा कारागारमा रहेका बस्नेतलाई प्रहरीले गत मंसिरमा भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

काठमाडौंको बानेश्वरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरिएको घटनाका उनी मुख्य योजनाकार थिए ।

बस्नेतले जेलभित्रैबाट फिरौती धन्दा चलाईरहेको र साजन परिचालित रहेको सुचनापाएपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्रन खोज्दा भागेपछि प्रहरीले २ गोली चलाएको थियो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुङ्गास्थित फूलबारी रेष्टुराँबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिए ।

खुट्टामा गोली लागी घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।
धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ । उनका साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको जनाएको छ ।

गुण्डागर्दीमा संलग्न गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको गरेका थिए । प्रहरी अधिकारीलाई नै उनले हत्या गर्ने धम्की समेत दिएको बताइन्छ ।

दुई दिन अघि समिरमानको निर्देशनमा फिरौती धन्दा चलाइरहेको आरोपमा गृहमन्त्री राम बहादुर थापाका भाई नरेश पक्राउ परेका थिए।

newskiran.com

newskiran.com

You May Also Like