सन्दुक रुइतलाई डेंगो

रुइतेक्टोमीका प्रवर्तक सन्दुक रुइतलाई डेंगोको संक्रमण देखिएको छ।विश्वमाझ आँखाका डक्टर भनेर उनलाई चिनिन्छ।उनी ताप्लेजुड्·को ओलाड्· चुड्·गोलामा जन्मी दार्जिलिड्· पढेर डाक्टर बनेका हुन्।अष्ट्रेलियन नागरिक फ्रेड हलोजको सहयोगले उनलाई विश्वमाझ चिनाउन सफल भएको थियो।उनका सहकर्मी नेपाली मित्रहरु डा. राम प्रसाद पोखरेल र नवीनचन्द्र राई हुन्।

वीर हष्पिटलमा फिजिसियनका रुपमा प्रारम्भिक स्वास्यसेवा गरेका उनले तराईका विभिन्न जिल्लामा पुगेर एकलाख भन्दा बढी व्यक्तिको आँखाको उपचार गरिसकेका छन्।

रुइत हाल तिलगंगा आँखा केन्द्रका निर्देशक तथा आँखाका वरिष्ठ वरिष्ठ डाक्टरको रुपमा कार्यरत छन्।
उनलाई डेंगुको संक्रमणको आशंकामा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

पछिल्लो समय देशभरमा डेंगु संक्रमण हुने दर बढेको छ। वैशाखदेखि फैलिएको डेंगुबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै स‌ंक्रमित भइसकेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like