यस्तो छ नेपालको मौसमी अवस्था

मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा अवस्थित छ र यो न्यून चापीय रेखा केहि उत्तर तर्फ सर्दै जाने देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम विभागका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानः
भाद्र २३ गते (सोमबार)
दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने ।

रातमा देशभरी सामान्य बदली रही पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २४ गते (मंगलबार)
दिउँसोः देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा भारी वर्षा हुने छ।

रातीः देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २५ गते (बुधबार)
दिउँसोः देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पुर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगको साथै पूर्व र मध्यका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

Share this:

newskiran.com

newskiran.com

You May Also Like