क्रान्तिकारी पत्रकार सुदुर पश्चिम कस्सियो

क्रान्तिकारी पत्रकार महासंघ नेपाल सुदुर पश्चिम प्रदेश कमिटीको बैठक शनिवार कैलालीको अत्तरियास्थित सम्पन्न भएको छ । बैठकले महासंघको राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका साथै केन्द्रीय योजना , जनपक्षीय पत्रकारिता र श्रमजिवी पत्रकारका हकहितका सम्बन्धि छलफल भएको केन्द्रीय सदस्य तथा प्रदेश संयोजक धनञ्जय अवस्थीले जानकारी दिनुभयो ।

अवस्थीका अनुसार होटल आहा रामारोशनमा सम्पन्न बैठकले ९ वटा जिल्लामा मध्ये तीन जिल्लाको जिल्ला भेला एंव अन्य छ जिल्लामा सम्पर्क कमिटी गठन गर्ने निर्णय गरेको हो ।
बैठकले कैलाली कञ्चनपुर र डडेल्धुराको जिल्ला भेला तत्काल सम्पन्न गर्ने र बैतडी सहितका जिल्लामा सम्पर्क कमिटी गठन गर्ने निर्णय गरेको प्रदेश कमिटी सदस्य भुवन भट्टले बताउनुभयो ।
त्यस्तै बैठकले कैलालीबाट नारायण चौधरी डडेल्धुराबाट दिपकराज भट्टलाई प्रदेश कमिटीमा थप गरेको छ ।
महासंघको बैठकले मिडिया काउन्सिल बिद्येयकमा नेपाल पत्रकार महासंघले धोका दिएको ठहर गर्दै प्रेस तथा स्वतन्त्रता बिरोधी कानुनका बिरुद्ध संर्घष गर्ने निर्णय समेत गरेको छ । बैठकले सरकार तथा सबै संचारमाध्यमलाई श्रमजिवी पत्रकार ऐन कार्यान्वयन र साना लगानीबाट श्रमजिवी पत्रकारद्धारा संचालित स्वरोजगारमुखी मिडियाको प्रबद्र्धनका लागि दवाव सिर्जना गर्ने निर्णय गरेको बताइएको छ ।
त्यस्तै क्रान्तिकारीले नेपाल पत्रकार महासंघलाई साझा बनाउनका लागि अनुरोध गर्नुका साथै प्रदेशस्तरीय अन्तरक्रिया गर्ने निर्णय लिएको छ । बैठकमा प्रशिक्षण दिदै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डेयले कुनै पनि निकायको हनुमानकारिता गर्दै पत्रकारले समाचार लेख्न नहुनेमा जोड दिनुभयो । उहाँले जनपक्षीय पत्रकारले राष्ट्रियता र जनताको पक्षमा कलम चलाउनुपर्ने उल्लेख गर्नुभएको थियो । देशमा ब्याप्त बिकृति बिसंतिका बिरुद्ध तपाई हाम्रा कलम चल्नुपर्छ – सो अवसरमा कोषाध्यक्ष पाण्डेयले भन्नुभयो–निर्भिक भएर कलम चलाउनुस ।
त्यस्तै कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य सुदुर पश्चिम प्रदेशका ईञ्चार्ज एंव सेक्रेटरी अनुकुलले क्रान्तिकारी पत्रकारले आफ्नो पहल बृद्धि गर्दै राष्ट्रियता जनतन्त्र जनजिविका र उत्पिडित जनताको पक्षमा आवाज बुलन्द बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

newskiran.com

newskiran.com

You May Also Like