वैद्यको बहस लुभुमा

सशस्त्र युद्ध कि जनविद्रोह भन्ने मुल नारा बोकेको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक तीन दिनदेखि लुभुमा जारी छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्। महालक्ष्मी लुभुको चाङ्गाथलीमा असार १२ गतेदेखि चलेको बैठकमा स्थायी समिति सदस्य, पोलिटव्यूरो सदस्य लगायतले प्रतिवेदनमाथि आफ्नो क्षेत्रगत रिपोर्टिड्· प्रस्तुत गरे । आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ राख्नेक्रममा जनविद्रोह कि सशस्त्र संघर्षबारे दह्रो बहस भइरहेको सहभागी एक केन्द्रीय सदस्यले न्युजकिरणलाई बताए ।

  प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति तथा राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्दै पार्टी कामको मूल्याङ्कन र समस्याको चर्चासहित संघर्ष तथा जनपरिचालनबारे ठोस प्रस्ताव गरिएको ती केन्द्रीय सदस्यले बताए । बैठक अझै ३–४ दिनसम्म जारी रहने छ ।

नयाँ जनवादी क्रान्तिको तयारीमा रहेको क्रान्तिकारी वैद्यले विप्लवले धोका दिएपछि केहि वर्ष पार्टी सुदृढिकरणमा समय खर्चिएको थियो।बैठ्क सकिएपछि मात्र पार्टी संघर्ष र भावी योजनाबारे सार्बजनिक घोषणा गरिने पार्टी श्रोतले बतायो।

newskiran.com

newskiran.com

You May Also Like