नमुनाले गर्यो डिवेटिड्· र क्वीज

ललितपुर लुभु स्थित नमुना स्कुलका संस्थापक राम बहादुर श्रेष्ठको २५औ स्मृति दिवसमा डिवेट एन्ड क्वीज प्रतिस्पर्धा गरिएको छ।प्रिन्सीपल रिता श्रेष्ठका अनुसार स्कुलले मा वि स्तरीय डिबेट तथा क्वीज कम्पिडिसन गरेको हो। इ सि ए इन्चार्ज सुर्जु गुरुड्·का अनुसार डिबेटिड्·तर्फ धौलागिरि सदनकी छात्र शिवानी महतो प्रथम भइन्।द्वितीय स्थानमा सरिष्मा श्रेष्ठ कञ्चनजंगा सदन,तृतीयमा आश्मा भट्टराई सगरमाथा सदन अनि सान्त्वना अन्सु राना मगर अन्नपूर्ण सदनले प्राप्त गरे।डिबेटिड्·मा आलोक महर्जन १,२,३,को समूहबाट छानिए भने ४,५,बाट आस्था जर्घा मगर,६,७,८बाट सुप्रिया राई अनि ९,१०बाट सुरक्षा गुरुड्·छानिएका थिए।

 प्रतिस्पर्धामा बिजेताहरुलाई धनेश्वरी श्रेष्ठले चकलेट बाँडेकी थिइन्।निर्णायक मन्डलमा प्रमिला थापा,उपेन्द्र मन्डल र अशोक कंडेल थिए। करीब तिन हजार विद्यार्थी अध्ययन गर्ने राम बहादुर श्रेष्ठको नमुना स्कुलमा हाल पाँचसय विद्यार्थी छन्।२५वर्ष अघि उनको मृत्यु भएको र मृत्युपछि स्कुल माइली छोरी रिता श्रेष्ठले चलाउंदै आएकी हुन्।लुभु एरियामा अहिले नामी स्कुलको कोटीमा नमुना पनि पर्छ।

newskiran.com

newskiran.com

You May Also Like