बेवारिसे डन्डी र अव्यवस्थित पार्किङ

गाउँघर तिर हालिने झोलुङ्गे पुल समेत निर्माण हुने पाटन औद्योगिक क्षेत्रमा अव्यवस्थित डन्डीहरु छरिएका छन्।
०७२ को भूकम्पमा बनेका भूकम्पीय पालघर तथा त्यसमा प्रयोग गरिने डन्डी बेवारिसे बन्न थालेको हो।यो तस्बीर ललितपुर स्थित पाटन औद्योगिक क्षेत्रको सानो गेटबाट न्युजकिरण अनलाइनखबरले क्लीक गरेको हो । आजभोलि यस्ता अनावश्यक सामग्री जाहिंताहिं राखिने स्टकले ठाउँ ओगटेर राखेको देखिन्छ।

पाटन औद्योगिक क्षेत्रको नजिकै रहेको यो थोत्रो गाडी पार्किङ कहिलेसम्म रहन्छ त?गाडी जलेका फुटेका र काम नलाग्ने खालका छन्।हेर्दा बेवारिसे देखिने यी गाडीहरु त्यसै राखिएका वा भाडा तिरेर पार्किङ गरिएका हुन् भन्न गाह्रो छ।ललितपुर महानगर पालिकाले स्मार्ट सिटीको आफूलाई कल्पित गरेको छ।यस्तै अव्यवस्थित दृश्य चित्रहरुले सज्जित सहर कसरी बन्छ त स्मार्ट सिटी?सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ।