प्रीतिमा कुल बहादुर बिजयी

रामेछाप जिल्ला अन्तर्गत उमाकुन्ड गाउँपालिका–५ प्रितिमा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत भारी मतले विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् । ११ सय ७३ मत खसेको प्रितीमा बस्नेत ७६९ मतले विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी सुनुवारले ३८० मत प्राप्त गरे । तात्कालीन् वडा अध्यक्ष कुविर खत्रीको केहि बर्ष अघि निधन भएपछि प्रितिमा वडा अध्यक्षको लागी उपनिर्वाचन भएको थियो ।बस्नेतले १८ महिना कार्यबाहक अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका थिए।प्रितीमा वस्नेत निर्वाचित भएपछि विजयी र्याली सहित घरदैलो कार्यक्रम गर्न लागिएको प्रितीबाट राजेन्द्र कार्कीले जानकारी दिए।