दशैंको रमझम बढ्दै

हिन्दुहरुको महान चाड दशैंको रमझम बजारतिर बढिरहेछ।चाहे गाउँ वा सहरबाट झोला भरि सामानहरु बोकेर घरतिर लाग्नेहरुको लर्को पनि बाक्लिएको देख्न सकिन्छ।
ताप्लेजुंगबाट काठमाडौं घुम्न आएका एक अधिकारी भाइले आफूबाट दशैंमा दुई लाख जति खर्च गरिने बताए।उनी भन्छन्-जाबो सरकारी माविको शिक्षकले कमाएको तिस चालिस हजारले महिना कटाउन धौधौ परिरहेछ।

पहिले तिनचार महिनाको तलब र एक महिनाको दशैंखर्च थप गरेर सरकारले दिन्थ्यो र एक डेढलाखले रमाइलै हुन्थ्यो तर यसपालि सरकारले महिनावारी नै तलब खुवाएपछि दशैं मान्न धौधौ परेको उनी बताउँछन्।त्यसो त ललितपुरमा निजी स्कुलमा कार्यरत एक शिक्षिकाले आफू महिनाको चार हजार तलब लिएर पनि आनन्दका साथ दशैं मनाइने बताइन्।

०६२/०६३को मजदुर आन्दोलनपछि सरकारी तलब र निजी तलबमा करीब ३हजारको फरकपन थियो।मजदुरले ८हजारखाँदा सरकारी पियनहरुले त्यस्तै १२/१३हजार कमाउथे।अनि,निमाविमा कार्यरत शिक्षकको तलब अनुपात ५/७हजारभन्दा फरक थिएन्।तर,अहिले के पाँचहजार कमाइ हुने वा तिस हजार तलब थाप्ने,सबैको दशैँखर्च उतिकै जान्छ।

उत्सव अनि टिकोटालो,पाहुनापाछाहरुले गरीबको दशैं क्षणिक रमाइलो मानिएतापनि एक वर्षको कमाइ सकाउँदै वर्षमै तिर्न नसकिने ऋण थोपरिदिन्छ।त्यही भएर आजकल धार्मिक विविथता कायम हुन थालेको महसुस हुन्छ।