काङ्बा एक पर्यटकीय स्थल

यो तस्बीर रामेछाप जिल्लाको काम्बा एवम् काङ्बा डाँडाको हो।यो ऐरामबास नजिकै रहेको सुन्दर दृश्यलाई न्युजकिरण डटकमले घुम्दा घुम्दै क्लीक गरेको हो।विशेषत:बैशाख जेठमा काफल ऐंसेलु पाइने र असार साउनमा आँप,भदौ असोजमा लिइएको यो मनोरम दृश्यका साथ कार्तिक मंसिर जुनार सुन्तला पाइने र पुस माघ फागुन चैत्र घुमफिरका लागि रमाइलो स्थान मानिन्छ।

गुन्द्रुक ढिडो लोकल कुखुरा कालिज अनि लोकल खानेकुरा खानका लागि राजधानीबाट ५ घन्टाको टाटा सुमो रमणीय यात्रा
गर्न सकिने एक स्थानीय बताए।अलि नजिकै बासका लागि धोबी बजार छ भने कठजोरको पाहुना घरमा पनि राम्रो लज छ।पर्यटन वर्ष २०२० चलिरहँदा रामेछापको काङ्बा पुग्न काठमाडौंबाट १४५-५०किलो मिटरको यात्रा गर्नुपर्ने पंचायतीबाले बताए।उनी ऐरामबास डाँडामा घर बनाएर बसेका छन्।